काठमाडौं । सप्तरीमा कोरोना संक्रमणबाट सरकारी कर्मचारीको आज बिहान मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगीको मृत्यु भएको हो।
उनमा भदौ ३१ गते कोरोना पोजेटिभ देखिएपछी होम आइसोलेसनमा थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ।