अमेरिकामा मंगलबार ९सय ६९ संक्रमितको मृत्यु

 कोरखबर   ७ असोज, २०७७



काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २ लाख ७८६ कोरोना संक्रमितको ज्यान गएको हो।

अमेरिकामा मंगलबार९६९ संक्रमितको ज्यान गएसँगै मृतक संख्या २ लाख बढी पुगेको हो। कोरोनाबाट मृत्यु हुनेमा विश्वमै सबभन्दा बढी हो । अमेरिकामै सबभन्दा बढी संक्रमित पनि रहेका छन्। मंगलबार ३५ हजार ६९६ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ९६ हजार २१८ पुगेको छ। जसमध्ये २६ लाख ४६ हजार ९५९ निको भइसकेका छन्।

कोरोनाबाट हालसम्म विश्वभर ३ करोड ५१ लाख ७ हजार ८७ संक्रमित भइसकेका छन्। जसमध्ये २ करोड १६ लाख २४ हजार बढी निको भएका छन् भने ९ लाख ६९ हजार ५७८ को ज्यान गइसकेको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post