गण्डकी प्रदेशमा थप २४ मा कोरोना पोजेटिभ

 कोरखबर   ६ असोज, २०७७



काठमाडौं । गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयकोबविज्ञप्ति अनुसार प्रदेशका पाँच जिल्लामा थप संक्रमित भेटिएका हुन्।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका ८ जना संक्रमण पुष्टि भएको छ।

कुश्मामा ३ जना, तनहुँमा ४ जना र शुक्लागण्डकीका २ जना, लमजुङको बेसीसहरका ५ जना र मर्स्याङ्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ३ हजार ५ सय ३ पुगेको छ।

 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post