काभ्रेमा कोरोना संक्रमीत महिलाको मृत्युु

 कोरखबर   ६ असोज, २०७७



काठमाडौं  । काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी कोरोना संक्रमीत महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ ।

१९ दिन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेकी ५० वर्षीया ती महिलाको आमाशयमा क्यान्सर समेत भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणपछि धुलिखेल अस्पतालमा उपचाररत ती महिलाको १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post