असोज ६,एजेन्सी । विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ ।
यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १२० पुगेको छ ।
एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।
कोरोना भाइरसकै संक्रमणबाट उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९९ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख २ हजार ३६० पुगेको छ । त्यसमध्ये ५२ लाख ६२ हजार १०७ जना संक्रमणमुक्त भएका छन् ।
युरोपियन मुलुकहरूमा २ लाख १६ हजार ६६८ जनाको मृत्यु भएको छ । ४४ लाख ८३ हजार ६१५ जना संक्रमित भएकोमा २३ लाख ९५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ७८ हजार ८४५ जनाको मृत्यु भएको छ । ९५ लाख ७२ हजार ७७६ जना संक्रमित भएकोमा ७८ लाख ९२ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३९ हजार ११२ जनाको मृत्यु भएको छ । ७५ लाख ६४ हजार ९१२ जना संक्रमित भएकोमा ६३ लाख ५७ हजार ७५६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३४ हजार १३३ जनाको ज्यान गएको छ भने १४ लाख २० हजार २३२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ६६ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८७ जनाको मृत्यु भएको छ । ३० हजार ५७३ जना संक्रमित भएकोमा २७ हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।