धरानमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र ७२ वर्षीया वृद्धाको आइतबार राति ९:२० बजेको समयमा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये एक महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिइन् । भर्ना भए लगत्तै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए ।

त्यस्तै झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धा भने श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेपछि असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा स्थिति  गम्भीर भएपछि झापास्थित कन्काई अस्पतालले उनलाई धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post