डडेल्धुरामा २० जनामा कोरोना पुष्टि

 कोरखबर   ५ असोज, २०७७



काठमाडौं । डडेल्धुराको अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको परीक्षणबाट २० जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।संक्रमीत हुनेमा डडेल्धुराका ४ र बझाङ का १६ गरी २० जनामा कोरोना देखिएको हो ।

अस्पतालले एक सय आठ जनाको नमुना परीक्षण गर्दा २० जनामा पोजिटिभ देखिएको थियो । संक्रमित हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिकाका ४ जना र बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाका ७ जना, केदारस्युँ गाउपालिका ४ जना, विथ्थडचिर गाउँपालिकाका १ जना, मष्ठा गाउँपालिका ३ जना र छबिसपाथीभरा गाउँपालिकाका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post