पिसिआर टेस्टको रिपोर्ट अव २ घण्टामै !

 कोरखबर   ४ असोज, २०७७



असोज ४ ,काठमान्डौ ।  चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्‍यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन थालेको हो। यसका लागि सेवाग्राहीले तीन हजार रुपैया शुल्क तिर्नुपर्ने हुन्छ । कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो ।

कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post