असोज ४,काठमान्डौ । कोरोना संक्रमणका कारण पहिलो पटक एक सैनिक जवानको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
लामो समयदेखि ब्लड क्यान्सरका बिरामी समेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको थियो । यसअघि कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थिएन ।
हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमितमध्ये ४०१ जना निको भइसकेका छन् भने १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन ।