काठमाडौं । डडेल्धुरामा १७ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार थप १७ जनामा कोरोना पुष्टि भएको कोभिड १९ परीक्षण प्रयोगशाला मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए।
कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको अवस्थामा आइतबार डडेल्धुरा अस्पतालमा १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा बझाङका १७ जनामा कोरोना देखिएको छ । खप्तडछान्ना गाउँपालिकाका ८, थलरा गाँउपालिका का ८ र छबिसपाथिभारा गाउँपालिकाका १ गरी १७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।