असोज ४, नेपालगञ्ज । कोरोना संक्रमण पोजेटिभ देखिएपछि उपचार गराईरहेका बाँकेका एक पुरूषको मृत्यु भएको छ ।
नेपालगगञ्ज उपमहानगरपालिका–२१ पुरैना का ५९ वर्षीय पुरुषको गयराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । संक्रमित युवकको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।