काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।