बाँकेमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु !

 कोरखबर   ४ असोज, २०७७



असोज ४,काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एकको मृत्यु भएको छ । केहि दिनबाट उपचार भइरहेको नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्रोतका अनुसार उनको गएराति पौने १२ मा मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकको फोक्सोको दायाँ बाँया दुवैतिर खराब भैसकेकाले प्लाज्मा थेरापी गर्दा पनि बचाउन नसकिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post