पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७११ मा कोरोना पुष्टि

 कोरखबर   ३ असोज, २०७७



काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकामा ७११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।

कोरोना संक्रमितहरुमध्ये होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्।

२४ घण्टामा १४ सय ४७ जना कोरोना संक्रमीत निको भइ डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २३६ पुगेको छ।  कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post