काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट आज डिस्चार्ज भएका छन ।
मंगलबार साँझबाट ज्वरो बढी आएपछी ओम अस्पताल भर्ना भएका कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
भदौ २३मा कोरोना संक्रमण पुष्टि भएका कोइरालाको हिजो गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ । स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी हस्पिटलबाट डिस्चार्ज गरिएको र एक सातापछि फेरि पिसिआर परीक्षण गरिने कोइरालाले बताए ।