पछिल्लो १६ घण्टामा ललितपुरमा कोरोनाबाट ४ जनाको मृत्यु

 कोरखबर   ३ असोज, २०७७



ललितपुर । ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ। पछिल्लो १६ घन्टामा ललितपुरका अस्पतालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । 
असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post