बाल गृहका तीन शिशुसहित ५२ जनामा कोरोना पुष्टि

 कोरखबर   ३ असोज, २०७७



वीरगञ्ज । वीरगञ्जमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बारामा ४५ जनामा, पर्सामा ६ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा वीरगञ्जस्थित बाल सुधार गृहका तीन जना, वीरगञ्ज–३ र वीरगञ्ज–१९ मा १/१ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना संक्रमितको वडा खुलेको छैन ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post