काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई कोरोना संक्रमण देखिएको छ।
अहिलेसम्म उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १ सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ,ललितपुरमा १ हजार ४ सय २६ र भक्तपुरमा १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।