सप्तरी: थप ३८ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

 कोरखबर   २ असोज, २०७७



काठमाडौं । सप्तरी जिल्लामा प्रहरीमा कोरोना थपिने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले बताए ।

केही दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण देखिएको थियो । प्रहरी उपरिक्षक सहित सिनियर अधिकृतमा लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सप्तरीमा संक्रमित प्रहरीको संख्या ५८ पुगेको छ ।

संक्रमितहरुलाइ आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post