असोज २, चितवन । चितवन मेडिकल कलेजमा उपचार गराईरहेका ३१ वर्षिय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।नवलपुरको देवचुली नगरपालिका घर भएको ति युवकको उपचारकै क्रममा मृत्यु भएको हो ।
उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । २६ गते उनमा संक्रमण पुष्टि भएको थियो । उनको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।