काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघेको छ। शुक्रबार विश्वभर ३ करोड ७१ लाख ३१४ संक्रमित भेटिएका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै ९ लाख ४४ हजार ८८७ ले ज्यान गुमाइसकेका छन्।
चैतदेखि फैलिएको कोरोना संक्रमितको संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। हालसम्म अमेरिकामा ६६ लाख ७४ हजार बढी संक्रमित भइसकेका छन्। संक्रमितमध्ये १ लाख ९७ हजार ६३३ को मृत्यु भइसकेको छ। त्यस्तै २५ लाख ४० हजार ३३४ संक्रमणमुक्त भएका छन्।
सर्बप्रथम चीनमा कोरोना संक्रमण नियन्त्रण भएको थियो । चीनमा बिहीबार ९ जना थप संक्रमित भेटिएका थिए। यससँगै चीनमा संक्रमित हुनेको संख्या ९० हजार २९४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।