काठमाडौं । चितवनमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १ सय २ जनामा कारोना पुष्टि भएको हो।
भरतपुर महानगरपालिकाका ५४ , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन्। त्यस्तै २४ जना अन्य जिल्लाको रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।