काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला होम क्वारेन्टाइनमा छन्। उनका सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि उनी होम क्वारेन्टाइन बसेको देउवाको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार देउवा ५ दिन होम क्वारेन्टाइन मा बस्ने र कोरोना पोजेटिभ भए/नभएको परीक्षण गराउन स्वाब संकलन गरिनेछ।
सभापति देउवा होम क्वारेन्टाइनमा बसेसँगै बिहीबार हुने सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ। बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो। यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्।