भोजपुर, ३१ भदौ । भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सहित पाच जनामा संक्रमण पुष्टि भएको हो । यसअघि देखिएका संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङको आधारमा परिक्षण गर्दा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुषहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत भादै २५ गते १ सय १ जनाको स्वाब परिक्षण लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो जस मध्ये ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ‘संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिनुभयो ।
भोजपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५ पुगेको छ । जसमध्ये ६ जना निको भईसकेका छन् । –रासस