जापानको नयाँ प्रधानमन्त्रीमा सुगा !

 कोरखबर   ३१ भदौ, २०७७



विविसी– योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले  विजयी भएका थिए। उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए।  सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।

७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन्। आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए। सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्। पार्टीको चुनाव जितेपछि सुगाले आबेलाई धन्यवाद दिएका थिए।

'म अकिताका एक किसानको जेठो छोराको रूपमा जन्मिएको थिएँ,' सुगाले भने,'कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र परम्परा र इतिहासका साथ म एलडिपीको प्रमुख बन्न सक्षम भएँ।'

उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए। सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post