काठमाडौँ, ३१ भदौ । कोरोना संक्रमणका कारण होम आईसोलेसनमा बसेका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार कोइरालाई अत्याधिक ज्वरो आएपछि अस्पताल लगिएको हो ।
हाल उनलाईआइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ।