भारतमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

 कोरखबर   ३१ भदौ, २०७७



काठमाडौँ । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ ।२४ घण्टामा कोरोनाबाट १२ सय ९० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा ८२ हजार भन्दा बढी मानिसको कोरोनाबाट मृत्यु  भएको  छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने ९० हजार १२३ जना संक्रमित पुष्टि भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । भारतमा कुल संक्रमित ५० लाख २० हजार ३६० पुगेको छ ।

भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३६१ जना कोरोना संक्रमणबाट निको भएका छन् ।  ९ लाख ९५ हजार ९३३ कोरोना संक्रमितहरु उपचार गरि रहेका  छन् ।

हालसम्म भारतमा कुल ५ करोड ९४ लाख २९ हजार ११५ नमुना परिक्षण गरिएको छ । इण्डियकाउन्सिल अफ मेडिकल रिसर्चका अनुसार पछिल्लो २४ घण्टामा ११ लाख १६ हजार ८४२ नमुना परिक्षण गरिएको छ  ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post