गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित

 कोरखबर   ३० भदौ, २०७७



काठमाडौं । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएसंगै सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
                                      गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लमजुङ र मनाङका एक /एकजना रहेका  छन।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post