ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोराना भाइरस कोभिड -१९ को सिकार बन्न पुगेका छन । कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
उनको किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचार भइरहेको छ । उनलेे आफुसङ्ग निकट रहेर काम गर्ने सबै साथीहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन ।