दाङ । दाङको घोराहीमा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमबार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
घोराही उपमहानगरपालिकाका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिकाका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाब संकलन गरिएको ६४ जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए ।
शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाब परीक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाब परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 'फिभर क्लिनिक'बाट १५ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।