जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निश्चित !

 कोरखबर   २९ भदौ, २०७७



भदौं २९,एजेन्सी। जापानमा वर्तमान सरकारका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सोमबार जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) ले सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेता चुनेसँगै उहाँ नै नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

सुगा फराकिलो अन्तरले दलको नेता चुनिनु भएको हो । उहाँको पक्षमा ५३४ मध्ये ३७७ मत परेको थियो । सुगाले आबेको मन्त्रिमण्डलमै परराष्ट्र मन्त्री रहनु भैसकेका फुमिओ किशिडा र रक्षा मन्त्री रहनुभएका शिगेरु इसिबालाई पराजित गर्नुभएको हो । यद्यपि, प्रधानमन्त्री चयनका लागि भने बुधबार बस्ने संसद बैठकले निर्णय लिने जनाइएको छ ।

आफ्नो कमजोर स्वास्थ्यलाई देखाउँदै गत महिना ६५ वर्षीय प्रधानमन्त्री आबेले राजिनामा दिनु भएपछि पद रिक्त भएको थियो । आफ्नो स्वास्थ्यका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्दै आबेले राजिनामा दिनुभएको थियो ।

आबेका अत्यन्तनिकट मानिएका ७१ वर्षीय सुगाले पनि आबेले लिएको नीतिलाई नै निरन्तरता दिने समाचारहरुमा जनाइएको छ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको नै बहुमत रहेको छ । सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म नयाँ प्रधानमन्त्रीको कार्यकाल रहने बीबीसीले जनाएको छ । जापानमा सुगालाई निकै व्यवहारिक, अनुभवी, क्षमतावान र वरिष्ठ राजनेताका रुपमा लिइन्छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post