२९ भदौ,झापा । झापाको कमल गाउँपालिकामा एक व्यक्तिले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् । कमल–७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले ५० वर्षीया आमा मिरा ऋषिदेवलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सामान्य घरायसी विवादमै दिनेशले आइतबार राति आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
‘मादक पदार्थ सेवन गरेका उनले आमालाई बञ्चारो र ढुंगाले टाउको र खुट्टामा अन्धाधुन्द हानेर हत्या गरेका रहेछन्’, उनले भने । हत्यामा संलग्न दिनेशलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।