२९ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।
हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । दु