काठमाडौं । रुपन्देही जिल्लामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत कपिलवस्तुका २ जनाको मृत्यु भएको हो।
भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिदैं आइएको थियो।
अस्पतालको आईसियुमा उपचार भइरहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको थापाको भनाइ छ।