विराटनगर महानगरपालिकाको कार्यालय ५ दिनका लागि बन्द

 कोरखबर   २८ भदौ, २०७७



विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण भेटिएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्न शनिबार स्वाब दिएका उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो ।

परिक्षण गर्दा पोखरेलको रिपोर्ट पोजेटिभ आएपछि महानगरका अधिकांश कर्मचारी होम क्वारेन्टाइन मा बसेका छन् । प्रमुखको सम्पर्कमा रहेकाको पीसीआर परीक्षणको तयारी भइरहेको मेयर भीम पराजुलीले बताए ।

भोलिबाट कार्यालयको अत्यावश्यक बाहेकका सेवा पाँच दिन बन्द गरिने जानकारी उनले दिए । यसअघि विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्य र विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेलमा कोरोना पुष्टि भइसकेको छ ।

विराटनगर महानगरभित्र हालसम्म एक हजार तीन सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ । १७ जना संक्रमितको मृत्यु भइसकेको छ । तीन सय ५० जना उपचारपछि डिस्चार्ज हुँदै कोरोना मुक्त भइसकेका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post