आज मात्रै गण्डकी प्रदेशमा थप ६५ कोरोना पोजेटिभ

 कोरखबर   २८ भदौ, २०७७



काठमाडौं । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमितको पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो । तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

५६१ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन् ।गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post