होम आइसोलेसनभित्र महिलको मृत्यु

 कोरखबर   २८ भदौ, २०७७



चितवन ।  होम आइसोलेसनमा बसेकी चितवनकि  एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

यससँगै चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post