लमजुङमा थप १६ जना नेपाली सेनामा कोरोना पुष्टि

 कोरखबर   २८ भदौ, २०७७



लमजुङ । लमजुङमा १६ जना नेपाली सेनासहितअन्य थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरामा भएको परीक्षणमा लमजुङमा रहेको श्रीजंग गणका कृषि तथा पशुपालन तालिम केन्द्रमा कार्यरत १६ जना नेपाली सेनामा कोरना संक्रमण पुष्टि भएको हो।

यसअघि लमजुङमा कार्यरत नेपाली सेनाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थिए। योसँगै लमजुङमा कार्यरत नेपाली सेनामा कोरोना संक्रमितको संख्या ३८ जना पुगेको छ। लमजुङमा कार्यरत नेपाल प्रहरी ३६, संञ्चारकर्मी ७ र स्वास्थ्यकर्मी ७ जनामा कोरोना संक्रमित पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय २ जना पुगेको छ। उपचारपछि निको भई १३९ जना घर फर्किसकेका छन्। १ सय ६३ जनाको आइशोलेसनमा उपचार भइरहेको छ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post