ग्याँस सिलिण्डर पड्किँदा यूएईमा १ नेपालीसहित ५ को मृत्यु

 कोरखबर   २७ भदौ, २०७७



यूएई – संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत  घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो ।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि  एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् । केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावासले समेत चाँसो दिएको र एक नेपालीको ज्यान गएको कम्पनीले जानकारी गराएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।  

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते हुनुभएको थियो । उहाँ उपचारपछि निको भएर काममा फर्किसक्नु भएको छ ।  

मृतक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्यो । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् । घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ । -उज्यालो



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post