२७ भदौ,रामेछाप । रामेछापमा ५ जना प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमणको पुष्टिभएको छ । रामेछापमा कार्यरत ५ जना पुरुष प्रहरी जवान र मन्थली नगरपालिकाको वडा नं १ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
संक्रमण पुष्टि भएका प्रहरीहरु २७,४७ ३८, ३४, २७ वर्षका छन् भने महिला ८६ वर्षकी रहेको जनाईएको छ । थप ६ जनामा संक्रमण पुष्टि भएसंगै रामेछापमा संक्रमितको संख्या ५५ पुगेको छ ।