गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना

 कोरखबर   २७ भदौ, २०७७



काठमाडौं । गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराले गरेको कोरोना परीक्षणमा गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार थपिएका संक्रमितमा नवलपरासीका ३४, कास्कीका १० र गोरखाका एक जना रहेका र सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताए ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post