विश्वमा कोरोनाबाट निको हुनेको संख्या उत्साहजनक !

 कोरखबर   २७ भदौ, २०७७



एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट संक्रमित भएका मध्ये २ करोड बढिले संक्रमणबाट जित हाँसिल गरेका छन् ।  पछिल्लो पटक सार्वजनिक तथ्यांकअनुसार विश्वमा २ करोड ५ लाख ९० हजार ९४९ जनाले कोरोनामाथी जित हाँसिल गरेका छन् ।  विश्वमा संक्रमितको संखया २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५२० पुगेको छ । अहिले ७१ लाख ५७ हजार १४ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा  १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् । २५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।

दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post