काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
भारतमा कोरोना संक्रमणकै कारण एक हजार २०९ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन र भारतमा हालसम्म कुल ४५ लाखभन्दा बढी संक्रमित भेटिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।