काठमाडौं, २६ भदौ । प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइ कार्कीले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् ।
सई कार्की र उनका बुबा समेतले बौद्धमा रहेको घरमा डेरा गरेर बस्ने सिन्धुपाञ्चोक घर भएर काठमाडौँमा मजदुरी गर्दै आएका विक्रम तामाङलाई कुटपिट गरेका हुन ।
काठमाडौँमा गाडी चलाउदै आएका विक्रमको कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण आफ्नो रोजीरोटी गुमाए । आर्थिक रुपमा कमजोर बनेका उनले समयमा भाडा दिन सकेनन् । सोही भाडा तिर्न नसकेको भन्दै कार्कीका बाबु छोरा नै आएर तामाङलाई कुटपिट गरेको बताईएको छ ।