धरान । धरान उपमहानगरपाललिकामा आज थप २१ जनालाई कोरोना पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय धरानमा चार प्रहरी, पाँच थुनुवा र अन्य विभिन्न वडाका बासिन्दालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक, तीनजना प्रहरी जवान र पाँचजना थुनुवालाई लाई कोरोना पुष्टि भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी गराए । लागुऔषध मुद्धामा पक्राउ परेका र जबरजस्ती करणी मुद्धामा पक्राउ परेका थुनुवामा पनि कोरोना पुष्टि भएको बस्नेतको भनाइ छ ।
धरानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ११ पुगेको पनि स्वास्थ्य शाखा प्रमुख मेहताले बताए ।