२६ भदौ,काठमान्डौ । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो।
उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ। संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्यालयका हुन् भने अरू महाशाखा अन्तर्गतका युनिटका हुन्।
उनीहरूको विभिन्न मितिमा संक्रमण देखिएको थियो। महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो। थप १९ जना प्रहरीको कोरोना परीक्षणको लागि स्वाब पठाएको एसएसपी थापाले बताए।
उनीहरूको रिपोर्ट आउन बाँकी छ। महाशाखाले गत सोमबार बागबजारबाट चार जनालाई नक्कली प्रेसकार्ड बनाएको आरोपमा पक्राउ गरेको थियो। त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो। उनीबाट नै महाशाखामा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।
ु