अस्पतालले भर्ना नलिदा एक गर्भवती महिलाको मृत्यु

 कोरखबर   २६ भदौ, २०७७



विराटनगर । सरकारी अस्पताल कोशीले एक गर्भवतीलाई सुत्केरीका लागि भर्ना लिन नमान्‍दा उनको घरमै मृत्यु भएको छ।

प्रसूतिका लागि लगिए पनि विराटनगरको कोशी अस्पतालले भर्ना गर्न नमानेपछि ती गर्भवतीको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलमा परिवारसँग बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले अन्‍यत्र अस्पतालमा लान पैसा नभएको भन्दै श्रीमान शिवु उनलाई घर फर्काएका थिए।

दुई सन्तानकी आमा बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको स्थानीयले बताएका छन्। पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको थिए। सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए।

  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post