चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि !

 कोरखबर   २६ भदौ, २०७७



२६ भाद्र,काठमान्डौ ।  चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा  चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post