पर्वत : गण्डकी प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिका १० की २६ वर्षीया महिला, वडा नं १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५९ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष, केही वडाका ५१ वर्षीय पुरुष रहेका छन्।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू कावासोती नगरपालिका १६ का ४४ वर्षीय पुरुष, गैँडाकोट नगरपालिका ८ का ५४ र ८६ बर्षका पुरुष तथा ८२ र ६५ बर्षका महिला, वडा नं ५ का ३० र २८ बर्षिया महिला, वडा नं११ का ३८ वर्षीय पुरुष, वडा नं ४ का २५ वर्षीय पुरुष, वडा नं १० का ३३ वर्षीय पुरुष, वडा नं १ का २८ वर्षीय पुरुष र वडा नं नखुलेकी २९ बर्षिया महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ। गण्डकीमा सङ्क्रमितहरुको कुल संख्या २ हजार ७४७ पुगेको छ।