गोरखा । गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले किरोना सन्क्रमितलाइ एम्बुलेन्समा आइसोलेसनमा लगेकोमा विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
सोही बस्ती हुँदै गोरखा क्याम्पसको आइसोलेसनमा संक्रमितलाई लगिन्छ । तर संक्रमित ओसारपसारमा लापरवाही भएको स्थानीयको भनाइ छ ।
भदौ २१ गते आइतवार पनि एम्वुलेन्सले संक्रमितलाई सडकमै बान्ता गराउँदै लगेको स्थानीय प्रेम श्रेष्ठ बताउँछन् । ‘थुकको छिटाबाट कोरोना सर्छ भन्छन् अनि संक्रमितले वस्ती आसपास खुल्ला रुपमा भमिट गर्दै गएपछि हामी स्थानीयलाई रोग लाग्ने खतरा हुने उनको भनाइ छ ।